घटना दुर्घटना

कलैयामा चार वर्षीय बालकको अपहरणपछि हत्या
कलैया, १३ माघ । कलैया नगरपालिका वडा नं ५ बस्ने मोतीलालप्रसाद साहका चार वर्षीय छोरा आशीषकुमार साहलाई गएराति अज्ञात व्यक्तिले अपहरण गरी हत्या गरेको छ । 
 
गएराति करिब १० बजे आमा छिमेकीको घरमा गएका मौका छोपी अज्ञात व्यक्तिले बालकको अपहरण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
बालकको खोजी गर्ने क्रममा घरदेखि केही टाढा टाँगा स्टेन्डनिर गम्भीर घाइते र अचेत अवस्थामा फेला परेका बालकको उपचारका क्रममा वीरगन्ज उपक्षेत्रीय अस्पतालमा राति ११ बजे मृत्यु भएको हो । प्रहरीले अपराधीको खोजी गरिरहेको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Rodhighar

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award