प्रभास

बेल्जियममा सांगीतिक कार्यक्रम बेल्जियममा सांगीतिक कार्यक्रम
काठमाडौँ, ३० फागुन,रासस
तमु समाज बेल्जियमले आफ्नो परम्परा र वार्षिक कार्यक्रमअन्तर्गत चेलीबेटी सम्मानार्थ ‘रिह चमी कै पिवा’ कार्यक्रमको आयोजना गरेको छ । 
 
समाजले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बेल्जियमको ओस्टेन्डे शहरमा आयोजना गरेको सो कार्यक्रममा युरोपमा बसोबास गर्ने गुरुङ समुदायका चेलीको सम्मानार्थ विभिन्न सांगीतिक कार्यक्रमको आयोजनासमेत गरिएको समाजका महासचिव सूर्य गुरुङले जानकारी दिनुभयो । 
 
कार्यक्रममा लोकगायक राजु परियार र कलाकार सुलेमान शंकर ९इकु० ले आफ्नो प्रस्तुति दिनुभएको थियो । सोही अवसरमा समाजका अध्यक्ष जीवन तमुले चेली सम्मान कार्यक्रमले युरोपमा बस्ने गुरुङ समुदायबीच एकता कायम हुनाका साथै दुःख, सुख साटासाट गर्ने अवसर मिलेको बताउनुभयो । 
 
समाजले नेपालको तराई क्षेत्रमा शीतलहरमा परेका समुदायका लागि न्यानो कपडा वितरण लगायतका सामाजिक काम गर्दै आएको छ । 

Post Comment

More प्रभास

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award