प्रभास

गगन थापालाई प्रवासीको गुनासो गगन थापालाई प्रवासीको गुनासो
राजु थापा, फागुन १९, कालिका
 
नेपाल तरुण दल भारत महाराष्ट्रका सचिव पूर्णकान्त पौडेलले नेता गगन थापालाई प्रवासी नेपालीका समस्याका बारेमा अवगत गराउनु भएको छ । आज यहाँ पौडेलले थापासँग भेट गरी नेपालबाट भारतमा रोजगारी, अध्ययन, व्यवसाय गरी बसेका नेपालीहरुका अनगिन्ती समस्या भएको र त्यसको सरकारले सम्बोधन गर्न नसकेको जानकारी गराउनु भएको थियो ।
 
भारतमा रहेका नेपालीहरु भारतीय सरकारबाट विभिन्न खालका विभेदमा परेको भन्दै उहाँले सरकारी स्तरबाट त्यस्ता विभेद हटाउन पहल गरिनु पर्ने बताउनुभयो । भारतमा रहेका नेपालीहरु सीमामा आउजाउ गर्दा असुरक्षित हुने, भारतबाट नेपालमा सञ्चार सम्बन्ध गर्दा महंगो शुल्क तिर्नुपर्ने, नेपाली महिलाहरु यौन हिंसामा पर्ने, श्रम शोषण हुने, परिचयपत्रको मान्यतामा विभेद, के कति नेपाली भारतमा छन् तथ्यांक नभएको, मृत्युपछि शव नेपालमा पठाउन कठिन हुने जस्ता समस्या नेपालीले भारतमा भोग्दै आएका छन् । भारतमा रहेका नेपालीको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने सो अवसरमा नेता थापाले आश्वासन दिनुभयो ।
 

Post Comment

More प्रभास

Onair Now Onair Now

Kalika News Express

Started at: 17:30 HRS

Up Next

Nepal Khabar

Starts at: 18:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award