प्रभास

मानवाधिकार विशेष समाधीक्षकको नेपाल भ्रमण

काठमाडौँ, १० माघ,रासस

प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा आगामी सोमबार राजधानी आउँदै हुनुहुन्छ । 

भ्रमणका क्रममा उहाँले नेपाली प्रवासी कामदारको हकअधिकार संरक्षणमा संलग्न सरकारी अधिकारी, रोजगारीदाता निकाय आप्रवासनसम्बन्धी मामिलाका जिम्मेवार निकाय, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन, वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्ति तथा तिनका परिवारसँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । 

विशेष समाधीक्षकले आगामी जेठ÷असारमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । स्वतन्त्ररुपमा प्रस्तुत हुने उक्त प्रतिवेदनमा उहाँले नेपाली प्रवासी कामदार विश्वका कुनै पनि मुलुकमा शोषणमा पर्न नहुने तथा उनीहरुमाथिका दमन र अत्याचारविरुद्ध आवाज उठाउँदै आप्रवासी कामदारका मानवाधिकार संरक्षणमा जोड दिने अपेक्षा गरिएको छ । 

यसैबीच, जेनेभाबाट मानवअधिकार परिषद्ले जारी गरेको वक्तव्यमा विशेष समाधीक्षकले नेपाल भ्रमणको आमन्त्रण पाएकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले दैनिक एक हजार ६०० नेपाली वैैदेशिक रोजगारीमा विदेशिने गरेका र देशको कूल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतको विप्रेषण योगदान रहेको बताउनुभएको छ । 

Post Comment

More प्रभास

Onair Now Onair Now

Bollywood city

Started at: 21:20 HRS

Up Next

Ghazal Sarobar

Starts at: 22:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award