प्रभास

तनहुँ समाज जापान गठन तनहुँ समाज जापान गठन

काठमाडौँ, २ माघ,रासस

तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ ।

तनहुँ जिल्लाबाट जापानमा गई बसोबास गर्ने तनहुँवासीको आइतबार जापानको टोकियोमा भेला भएर विजय थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा सुमन भट्टराई र मीन गुरुङ, सचिवमा सुनिल रिजाल र कोषाध्यक्ष सुनिता कँडेल चयन हुनुभएको छ ।

यस्तै, सदस्यमा कल्पना जिसी, धार्मिका घिमिरे, रवीन्द्र जमरकट्टेल, सन्त गुरुङ, चूडामणि अर्याल, अनिल केसी, दिपेन क्षत्री, सुरेश गिरी, माधव सिग्देल र प्रमिला पाण्डे चयन हुनुभएको छ । भेलाले राजेन्द्र जमरकट्टेल र अरुण श्रेष्ठलाई संरक्षक र पुरुषोत्तम सिग्देललाई सल्लाहकारमा मनोनयन गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

Post Comment

More प्रभास

Onair Now Onair Now

Traffic Update

Started at: 09:10 HRS

Up Next

Tareli

Starts at: 09:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award