प्रभास

आर्थिक अभावका कारण सव नेपाल ल्याउन समस्या÷सहयोग गरिदिन सवैसँग आग्रह
कार्तिक ११, चितवन । 
आर्थीक अभावका कारण इराकमा ज्यान गुमाएका मक्वानपुर कैलाश गाँउपालीका २ बैकुण्ठका २६ वर्षीय लक्ष्मी बलको सव नेपाल ल्याउन समस्या भएको छ । परिवारको आर्थीक स्थिति कमजोर रहेकाले सव ल्याउन लाग्ने खर्च जुटाउन नसक्दा सव ल्याउन नसकिएको हो । 
 
अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउपालीका २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ तामाङले जानकारी दिनुभयो । स्वईच्छिक रुपमा गाँउमा १००, २००, ५०० गरी चन्दा संकलन भईरहेको छ मैले पनि ५००० सहयोग गरे वडा अध्यक्ष तामाङले भन्नुभयो सव ल्याउन करिव ४ लाख लाग्ने रहेछ,, ३, ४ दिनमा बल्ल तल्ल २० हजार जति मात्रै संकलन भएको छ । 
 
४ लाख रकम जम्मा हुन यहि गतिले महिनौ लाग्ने देखिएपछि शोकमा डुबेका परिवार झन तनावमा परेका छन । मृतक लक्ष्मीकी श्रीमान असोक बलले सकेको आर्थीक सहयोगका लागी सवैसँग आग्रह गरेका छन । उनिहरुको ५ वर्षीय छोरी पनि छीन । कमजोर आर्थिक स्थिति सुधार्न बैदेशिक रोजगारीका लागी ईराक गएकी लक्ष्मीको ज्यान गएसँगै परिवार यतिबेला सोकमा डुबेको छ । 
नरोकिएको यो अवैध यात्रा,,, 
९राहदानी न ०८६९४१६० वाहक लक्ष्मी सिन्धुपाल्चोकका एक एजेण्ट मार्फत २ वर्ष पहिले ईराकको बसरा क्षेत्रमा पुगेकी थिइन । ईराकमा नेपाली कामदार जान प्रतिवन्ध भए पनि भारतको बाटो हुँदै अवैध रुपमा ईराक पुगेकी हुन । मृत्युको खवर ईस्लामावादस्थित नेपाली राजदुतावासबाट कन्सुलर सेवा विभाग काठमाण्डौँ, जिल्ला प्रशासन कार्यालय मक्वानपुर हुँदै १५ दिन अघि परिवारसम्म पुगेको थियो । तर लक्ष्मी र परिवारविचको सम्पर्क भने ६ महिना अघिबाटै टुटेको मृतकका परिवारलाई उद्धृत गर्दै वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । एम्बेसीका अनुसार लक्ष्मीको मृत्युको कारण आत्महत्या रहेको छ । 
मृतक लक्ष्मीका आफन्त पहल गरीदिन भन्दै वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग देखि अनुसन्धान हुने आशामा अपराध अनुसन्धान महासाखासम्म पुगेको तर अवैध बाटोबाट गएका कारण सव नेपाल ल्याउन पनि समस्या हुने जवाफ प्राप्त भयो । हुनत धेरै पैसा कमाउने लोभमा परी दलाली, विभिन्न एजेन्टमार्फत सरकारको आँखा छल्दै प्रतिवन्ध रहेका विभिन्न मुलुकमा नेपाली कामदार जाने गरेको यो पहिलो घट्ना अर्थात नौलो कुरा होईन । तर सरकारी संयन्त्र अनि नीति नियमले पनि नरोकिएको यो अवैध यात्राका कारण जोखिम मात्रै बढाएको छैन धेरै घर परिवार आँशुमा डुविरहेका छन । सहयोग गर्न चाहानेले वडा अध्यक्ष राजेन्द्र घिसिङ तामाङको नम्बर ९८१७५२९०७१ मा सम्पर्क गर्न सकिनेछ ।
 

Post Comment

More प्रभास

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award