प्रभास

चितवन युवा समुहको दोस्रो विश्व सम्मेलन हुने चितवन युवा समुहको दोस्रो विश्व सम्मेलन हुने
 
राजु थापा, असोज २०, कालिका
 
बैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा चितवनबासीहरुलाई परेको समस्या समाधान गर्न २०६९ सालमा गठन भएको चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले कार्तिक १ गते भरतपुरमा दोस्रो विश्व सम्मेलन तथा चौथो बार्षिक साधारण सभा गर्ने भएको छ । 
शुक्रवार पत्रकार सम्मेलन गरि करिव ४ सय प्रतिनिधिहरुको समुहमा २ दिन सम्मेलन गर्ने र नयाँ कायृ समिति चयन गर्ने जानकारी दिईएको हो ।
 
देशमा परेको विपतको समयमा सहयोग पुराएको समुहले अपाङ, असाहय, गरिव र विपन्न विद्यार्थीहरुलाई समेत गरि झण्डै ४० लाख सहयोग गरि सकेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । विश्वका १२ देशमा संजाल बनाईसकेको समुहको २ हजार सदस्य रहेको छन् । वर्ष २०१७ देखि १९ सम्मको कार्य गोजना समेत तयार पर्ने सम्मेलनमा ५ वटा उचित योजनाहरु छनोट गरि दुईवर्ष भित्र कार्य पुरा गर्ने निर्णय समेत हुने बताईएको छ  । पत्रकार सम्मेलनमा समुहका अध्यक्ष मुक्ति प्रसाद अधिकारी, प्रवास संयोजक समिर खत्री, सल्लाहकारहरु सोम सापकोटा र आरके शर्मा , विभिन्न देशमन संयोजक लगायतको उपस्थिति रहेको थियो ।  

Post Comment

More प्रभास

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award