प्रभास

जापानको कोवेमा एक नेपालीको मृत्यु जापानको कोवेमा एक नेपालीको मृत्यु
टोकियो जापान, २४ साउन । अध्ययनका लागि दुई वर्षअघि जापान आएका गोरखाको गण्डकी गाउँपालिका–७ चुलिङका २६ वर्षीय डम्मरबहादुर गुरुङको मंगलबार कोवे सहरमा मृत्यु भएको छ । 
सोमबार अबेरसम्म काम गरी डेरामा फर्केका गुरुङ खाना खाई सुतेका थिए । मंगलबार बिहान चर्को स्वरमा चिच्याएलगत्तै बोलाउँदा नबोलेपछि उपचारार्थ कोवेको स्थानीय च्युवो नागरिक अस्पतालमा लगिएको थियो । 
शरीरमा रगत र पानीको मात्रा कम भएर एक्कासि श्वासप्रस्वासमा समस्या भई मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ । गुरुङको शव परीक्षण प्रतिवेदन आइसकेपछि नेपाली राजदूतावासलाई खबर गर्ने भन्दै कला प्राविधिक विद्यालयले गुरुङको जापानमा आफन्त नभएपनि परिवारलाई सहकर्मीमार्फत खबर गरिसकेको जनाएको छ । 
यता टोकियोस्थित नेपाली राजदूतावासले भने घटनाबारे जानकारी नआएको बताएको छ । 
गतसाता पनि नवलपरासीका ३१ वर्षीय हृदयेश जिसीको जापानको गुम्माको ओइजिमु सहरमा सडक दुर्घटनामा परी निधन भएको थियो । रासस 

Post Comment

More प्रभास

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award