प्रभास

अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन हँुदैे अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन हँुदैे
काठमाडौँ, ३० चैत ।
नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ । 
 
भिन्तुना इन्टरनेसनलको आयोजनामा यही वैशाख ३ ९अप्रिल १६० मा अमेरिकाको वासिङ्गटन डिसी र वैशाख १६ ९अप्रिल २९० मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो । आयोजक संस्थाका अनुसार अप्रिल १६ को कार्यक्रम जर्ज वासिङ्गटन विश्वविद्यालय क्याम्पसमा सञ्चालन गरिने छ । 
 
महोत्सवमा नेपाली सङ्गीत, कला संस्कृति, पर्यटकीय गतिविधि, हस्तकला, वेशभूषा, विविध सांस्कृतिक कार्यक्रम, नेपाली खानाको परिकार तथा नेपाल चिनाउने विभिन्न कक्ष रहने छन् । यसका साथै नेपाली चित्रकला प्रदर्शन, योग तथा ध्यान सत्र पनि रहने छ । 
 
चित्रकला प्रदर्शनीमा नेपाली कलाकारहरु किरण मानन्धर, राजेन्द्र केसी, एरिना ताम्राकार, आशा डङ्गोल, सागर मानन्धर, रविता केसी, दिभा प्रधान, सम्झना राजभण्डारी, चन्द्र श्रेष्ठ तथा कृष्णगोपाल रञ्जितलगायतको सहभागिता रहने भएको छ । भिन्तुना इन्टरनेसनलले सन् २०१३ मा पनि वासिङ्गटन डिसी मै ग्लोबल नेपाल फेस्टको आयोजना गरेको थियो । 
 
सो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बस्ने नेपाली तथा विदेशीको उल्लेख सहभागिता रहने र कार्यक्रमले विदेशीलाई नेपालको चिनारी दिन सफल हुने अपेक्षा गरिएको वासिङ्गटन डिसीबाट दीपक शर्माले राससलाई बताउनुभयो । रासस 

Post Comment

More प्रभास

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award