प्रभास

हृदयघातका कारण साउदीमा एक नेपालीको मृत्यु
साउदी अरब, ३० कात्तिक ।
रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । 
 
पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार राति हृदयघातका कारण कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो । 
 
मृतक नेपाली साउदीको जुबेलस्थित ओल्यान डिस्कोन कम्पनीमा सहायकका रुपमा कार्यरत थिए । कामबाट फर्केर राति खाना खाएर सुतेका नेपालीको रातको १ बजे मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजय विकेले जानकारी दिनुभयो । 
 
चार महिनाअघि मात्र विवाहबन्धनमा बाँधिएका नेपाली दुई महिनाअघि ‘मिडल इस्ट मेनपावर कम्पनी’ मार्फत ‘टिटिसी सप्लाई कम्पनी’ मा कामदारका रुपमा साउदी अरब आएका थिए । 
 
उनको शव जुबेलस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । नेपालीको मृत्यु भएको विषयमा दूतावासलाई जानकारी गराइएकोे र उनको शव जति सक्दो छिटो स्वदेश पठाउने पहल भइरहेको विकेले बताउनुभयो । रासस 

Post Comment

More प्रभास

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award