प्रभास

आक्रमणबाट घाइते भएपछि नेपाल फर्किने प्रतिक्षामा चौधरी
माघ २६
क्वालालम्पुर । 
मधुमल्ला १ मोरङका चन्द्रमोहन चौधरी  लुटेरा समूहको आक्रमणमा परी गम्भीर घाईते भएपछि ,आफूलाई नेपाल फिर्ता पठाईदिन सवैसँग अनुरोध गरेका छन् । अवैधानिक अवस्थामा रहेर काम गरिरहेका चौधरीलाई स्थानीय लुटेराको समूहले जनवरी २१ तारिखका दिन सुजुकेलाग भन्ने स्थानमा आक्रमण गरेका थिए ।
आफ्नो कोठामा खाना वनाउने र साथीहरुको होस्टल तथा कोठा कोठामा खाना खुवाउने काम गर्दे आएका चौधरीलाई साँझ करीव आठ वजेतिर खाना लिएर जाँदै गर्दा आक्रमण भएको हो । मोटरसाईकलमा सवार उनलाई चार जनाको संख्यामा भ्यानमा आएका आक्रमणकारीहरुले पछाडिवाट धारिलो हतियार प्रयोग गरेका थिए ।
 
हाल अवैधानिक अवस्थामा रहेका श्रमिकहरुलाई मलेसिया सरकारले घर फिर्तिका लागि दिएको अवसर गएको डिसेम्वर ३१ तारिकदेखि समाप्त भएकाले सहजै नेपाल फर्कन समस्या भएको हो । नेपाली दूतावास मलेसियाले चौधरीको नेपाल फिर्तीको पहल गरीरहेको छ ।

Post Comment

More प्रभास

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award