प्रभास

जापानमा नेपाली युवकलाई उच्च सम्मान।
काठमाडौ माघ –१०
जापानमा नेपाली युवकलाई उच्च सम्मान  गरेको छ। आफनै ज्यान जोखिममा  राखी एक जापानी युवतीलाई बचाएको सम्मान स्वरुप नेपाली युवक अनुजराज कार्कीलाई जापानी सरकारले उच्च सम्मान गरेको हो । जापानी प्रधानमन्त्री सिन्जो आबेले हिजो टोकीयोस्थित आफनै कार्यालयमा आयोजित एक विशिष्ठ कार्यक्रममा कार्कीलाई  द मेडल विथ रेड रिबनले सम्माना गरेको हो ।
 
यो मेडल आपनो ज्यान जोखिमममा राखेर अरुको ज्यान बचाउने ब्यक्तिलाई प्रदान गरीने सम्मान हो । सम्राट अकिहितोको आदेशमा  आबेले कार्कीलाई हिजो नै ब्यक्तिगत भेटी विभुषणको प्रशंसापत्र हस्तान्तरण गर्नु भएको हो । कार्कीले सो महिलालाई सन् २९०१४ मे ५ को राति टोकीयो स्थित रेल्वे  स्टेशनको लो ट्याक मा खसेकी २१ वर्षिया जापानी युवतिको उद्धार गरेका थिए ।
 
 अचेत अपस्थमा रहेकी युवति लाई उद्धार गर्न केही बढि समय लागेको थियो । उद्धार गरे लगतै ६ सेकेन्डमा त्यहा बाट रेल पास भएको थियो । ६ सेकेन्डको ढिलाईले ति दुवैको ज्यान जान  सक्थ्यो । कार्कीले मानवीय गुण देखाएका छन् ।

Post Comment

More प्रभास

Special Programs

Kalika Events

  • 12th Music Award