मध्य नेपाल

आर्थिक गणना चितवनमा पनि शुरु आर्थिक गणना चितवनमा पनि शुरु
कालिका, बैशाख, ४ । 
केन्द्रीय तथ्यांक विभागले बैशाख १ गते दखि पहिलोपटक गरीएको राष्ट्रिय आर्थिक गणना चितवनमा पनि शुरु भएको छ ।  
 
बैशाख १ गतेदेखि शुरु भएको उक्त गणनाका लागि चितवन जिल्लामा ८४ जना गणक र १२ जना शुपरिबेक्षक खटाईएको जिल्ला आर्थीक गाणना कार्यलय चितवनले जनाएको छ । चितवन जिल्ला भरीनै पहिलो आर्थिक गणना भईरहेको जिल्ला आर्थीक गाणना कार्यलय चितवनका प्रमुख जिवनाथ आचार्यले जानकारी दिनु भयो । 
 
आर्थिक गणनामा उद्योगीक तथा ब्यवसायी  प्रतिस्ठानको गणना गरीने छ । जसमा ठुला देखि साना ब्यापार ब्यवसायका लगानी, रोजगारीको अवस्था, लगायतका विषयमा लगत संकलन गरीरहेको बताईएको छ । चितवन जिल्लामा बिभिन्न ३ प्रकार बाट गणना गरीरहेको छ । जसमा अनलाईन,  ट्यावलेट कम्पुटर तथा कागजी प्रश्नावली रहेका छन् । 
 
गणनामा प्राथमिक कृषि उत्पादन, माछापालन लगायत कृषि क्षेत्रलाई भने समेटिएको छैन । तर स्वास्थ्य शिक्षा र सञ्चार लाई समेटीएको जिल्ला आर्थीक गाणना कार्यलय चितवनका प्रमुख आचार्यले बताउनु भयो । उहाँका अनुसार गणना गरीएका तथ्याङ्कलाई कुनै एउटा क्षेत्रको आधारमा राखीने भएकाले गोपनीयता भंग हुने छैन् । 
 
त्यसैले निर्धक्क भई सबैमा सहि जानकारी दिन समेत आचार्यले आग्रह गर्नु भएको छ ।  २ महिना सम्म गरीने गणनाको साउन महिना सम्म प्रारम्भीक डाटा तयार भएपनि ६ महिना भित्रमा तयार हुने जिल्ला आर्थीक गाणना कार्यलय चितवनले जनाएको छ । बैशाख १ गतेदेखि शुरु भएको आर्थिक गणनाका कार्यक्रम जेठ मसान्तमा सम्पन्न हुने छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Shaja Sawal

Starts at: 21:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award