मध्य नेपाल

पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
कालिका बैशाख ४ ।
पुर्वी चितवनको राप्ती नगरपालीका बाट गाजा सहित २ जना प्रकाउ परेका छन् ।
 
प्रकाउ पर्नेमा राप्ती नगरपालीका वडा नं ११ चैथलीका बर्ष ५० की ठुली माया तामाङ र सोही ठाउका बर्ष २३ का तिलक तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराले विशेष सुराकीको आधारमा सोमबार राति १ बजेको समयमा ठुली माया तामाङको गोठमा खोजतलासी गर्दा लुकाई राखेको अवस्थामा १ सय १२ किलोग्राम गाजा फेला परेको थियो ।
 
सो प्रतिबन्धित लागु औषध गाजाँ ओसारपसार तथा कारोबारमा संंम्लग्न दुई जनालाई पक्राउ गरेको हो । प्रकाउ परेका ब्यक्तिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको र थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनु भयो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Chaso ra Charcha

Started at: 13:05 HRS

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award