मध्य नेपाल

अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
चितवन, ३ वैशाख, रासस
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाउनुभएको छ । 
 
भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भन्नुभयो, “अब विकास गर्छन्, अधिनायकवादको ।” 
 
सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताउनुभयो । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।” 
 
पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उहाँले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताउनुभयो । उहाँले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताउनुभयो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award