- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
नयाँ वर्षमा दोब्बर पर्यटक

रत्ननगर, चितवन, ३ वैशाख, रासस
नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ ।
यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो ।
उहाँका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पलाएको छ । गत वर्ष करीब १० हजार पर्यटक भित्रिएका र होटलमै बास बस्ने पर्यटक अनुमानित ६ हजार रहेको घिमिरेले बताउनुभयो । “विगतमा व्यवसायी चुके, अब प्रवद्र्धनमा तात्नुपर्छ,” उहाँले भन्नुभयो ।
विक्रम संवत्को नयाँ वर्षमा सौराहाका होटलमा पर्यटक खचाखच भरिएका छन् । यसपाली सौराहालाई पर्यटक धान्नै मुस्किल भयो । राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए । एउटै कोठामा म्याट थपेर पनि पर्यटक सुताउनुपरेको अनुभव सुनाउनुहुन्छ होटल पार्क साइडका सञ्चालक शीरलाल परियार । नयाँ वर्ष शुरु हुनु तीन दिन अघिदेखि नै सौराहामा पर्यटक भरिएका थिए ।
नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहा हो । विगतमा यहाँ करीब एक लाख ५० हजार पर्यटक आउँथे । यस वर्ष एक लाख ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको र यसका लागि व्यवसायी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने घिमिरेको भनाइ छ ।
शान्ति, सु–व्यवस्था, स्थिरता र मुग्लिन सडकमा विगतभन्दा सास्ती कम भएकाले पनि विभिन्न जिल्लाबाट सौराहा घुम्न पर्यटक आउन थालेका छन् । यसपटक नेपाली नयाँ वर्षमा विदेशी पर्यटक ३० प्रतिशत थिए । अरु सबै आन्तरिक पर्यटक भरिएका थिए ।
रेष्टुराँ एण्ड बार एशोसिएसन नेपाल९रेवान० सौराहाका अध्यक्ष गोकर्ण गिरी यसपटक विगतभन्दा बढी पर्यटक सौराहा भित्रिएकाले नयाँ वर्ष पर्यटन व्यवसायीका लागि सुखद हुने बताउनुहुन्छ । सौराहामा सुविधायुक्त होटल ११० वटा छन् । अन्य साना होटल पनि सञ्चालनमा छन् । ठूला होटलको क्षमता दैनिक करिब तीन हजार पर्यटक अट्ने छ । “दैनिक पाँच हजारसम्म पर्यटक राख्न सकिन्छ,” गिरीले भन्नुभयो ।
सौराहामा आउने पर्यटक हात्ती सफारी, जिप सफारी र डुङ्गा सफारी गर्छन् । थारु संस्कृतिमा पर्यटक रमाउँछन् । उनीहरु चितवन निकुञ्जमा गैंँडा, चित्तल, हात्ती, जरायो, बाघ, गौरीगाई, भालुलगायत वन्यजन्तु अवलोकन गरेर रमाउँछन् ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- मिलन मार्केट संचालनमा ,पार्किङलाई ब्यवस्था गर्न सकेन् ।
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका