मध्य नेपाल

पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
कालिका,बैशाख, ४ ।
पुर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ लोथर स्थित परेवाश्वरी सामुदायिक बनमा लुकाएर राखेको अबस्थाको भेटिएको ९६ केजी गाँजा सोमबार नष्ट गरिएको छ । शस्त्र प्रहरी बल गढिमाई गणका प्रहरी नायब निरीक्षक उत्तर वाईवाको नेतृत्वमा खटिएको ९ सदस्यीय टोलीले सोमबार बिहान परेवाश्वरी वनमा ठुलो परिणमको गाँजा भेटिएको गणाका निमित्त प्रमुख राजु पाण्डेले जानकारी दिए ।
पाण्डेले दिएको जानकारी अनुसार सोमबार बिहान ४ बजेको समयमा प्याकिङ गरेको अबस्थामा सो गाँजा भेटिएको हो । सो गाँजा नियन्त्रणमा लिने क्रममा गणका नायव निरीक्षक वाईवा  गाँजा राखेर गाडिमा लोड गर्नै क्रममा भेटिएका ब्यक्तीलाई पक्राउ गर्ने क्रममा सामान्य घाईते समेत भएका छन । मकवानपुरको राक्सिङबाट ल्याएर   परेवाश्वरी बनबाट गाडीमा लोड गर्ने लागिएको हुन सक्ने गणले जानकारी दिएको छ । उत्त परिणमाको गाँजा आजनै जनप्रतिनिधि, पत्रकारको रोहबरमा गणको परिसरमा नष्ट गरिएको छ ।  गणले गत फागुनमा पनि  लोथरबाट २ क्विन्टल गाँजा नष्ट गरेको थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award