मध्य नेपाल

चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
कालिका, बैशाख २ । 
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका पोष्टमा गत शनिबारबाट माछा पकाउनमा रोक लगाईएको छ । निकुञ्जले आईतबार एक बिज्ञप्ति जारी गर्दै शनिबारबाट गोही संरक्षणको लागि माछा पकाउन रोक लगाईएको बताईएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार खोलाका मात्रै नभएर पोखरीका माछा पनि पकाउन पाइने छैन । 
निकुञ्जमा हजार बढी सेना र ३५० बढी प्रशासनिक कर्मचारी छन्। ‘माछा गोहीको आहारा हो। गोही जोगाउन निकुञ्जले वर्षौदेखि विविध कामहरू गर्दै आएको छ। गेही संरक्षणको लागि निकुञ्जले बिभिन्न कार्यक्रम गरिरहदाँ निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले माछा खानु ठिक नहुने ठानेर यो निर्णय गरेको प्रमुख संरक्षण अधिकृत देबकुमार ढकालले  बताए । 
निकुञ्जले गोही संरक्षणको लागि भन्दै निकुञ्जले खोला नालामा माछा मार्न पनि कडाइ गर्दै आईरहेको छ । बिगत केहि समय देखि गोही संरक्षणमा चुनौति थपिन थाले पछाडि गोहीको आहार माछा मार्नमा निकुञ्जले कडाई गरेको हो । सोहि अबसरमै निकुञ्ज भित्र रहेका पोष्टमै माछा मार्ने गरेको आरोप लागे पछाडि निुकञ्जले यो निर्णय गरेको हो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award