मध्य नेपाल

ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
राजु थापा, बैशाख २,कालिका
यहि वैशाख ८ गते हुन लागेको नेपाल शैक्षिक परामर्श संध (ईक्यान) विष्णुहरि पाण्डे समुहले शनिवार साँझ चितवनमा आफनो समुहको परिचय सहित मत मागेको छ । 
 
बैदेशिक अध्ययनका लागि विद्यार्थी, अभिभावक र परामर्शदाताहरुलाई सुसुजित गर्न विभिन्न कार्यक्रम संचालन गर्ने र आवश्यक अवस्थामा सम्वन्धीत निकायसंग समन्वय गर्नको लागि आपनो उमेरद्धारी रहेको बताउदै सो समुहले आफना १८ जना नै पदाधिकारीलाई परिचित गराएको हो । पाण्डे समुहमा चितवनका  ४ जना शैक्षिक परामर्श ब्यवसायीहरु रहनु भएको छ ।
 
सो समुहमा चितवन निवासी एडु कन्सल्टेन्सीका देविदास भटट्राई उपाध्यक्षमा , ईक्यान चितवनका संस्थापक अध्यक्ष तथा लिंक युएसएका संचालक श्याम बहादुर कँडेल (सोम) सचिवमा ,  ब्रोडवेज ओभरसिज एजुकेशनका गोविन्द अधिकारीकोषाध्यक्षमा र यज्ञविलाश पौडेल(वाई बि) केन्द्रिय सदस्यमा उमेरद्धार रहनु भएको छ । 
 
प्रदेश ३ का कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री दावार्दोजे लामाको प्रमुख आतिथ्थततामा भएको परिचयात्मक कार्यक्रममा मन्त्री लामाले विद्यार्थीहरुको भविष्यमा खेलवाड नर्गन आग्रह गर्दै नेपाली विद्यार्थीहरुलाई अध्ययन पछि नेपालमा नै केही लगानी गर्ने वातावरण बनाउन पनि आग्रह गर्नु भयो । 
 
रोयल एजुकेशन फाउण्डेशनका संचालक अध्यक्षका उमेरद्धार विष्णुहरि पाण्डे सहित उपाध्यक्षका अन्य उमेरद्धारहरु खड्ग बहादुर ताम्लीङ लिम्वु र सपना राजभण्डारी ,महासचिवमा शेषराज भट्राई, सचिवमा दिपकराज भुषाल, सह कोषाध्यक्षमा निरुपमा मर्हजन रहनु भएको  शनिवार चितवनमा जानकारी दिईएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award