मध्य नेपाल

मिलन मार्केट संचालनमा ,पार्किङलाई ब्यवस्था गर्न सकेन् ।
राजु थापा, वैशाख १ ,कालिका
चितवनको नारायणगढमा १ करोड भन्दा वढीको लगानीमा निमार्ण भएको मिलन मार्केट वैशाख १ गते देखि संचालनमा आएको छ । चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेलले औपचारिकरुपमा शनिवार उद्धधाटन गरेसंगै सो मार्केट संचालनमा आएको हो ।
मार्केटको उद्धधाटन गर्दै सांसद पोख्रेलले चितवनलाई औधोगिक र ब्यवसायीक राजधानी बनाउन यस्ता बजारले थप मद्धत पराउने बताउनु भयो । उहाँले बैदेशिक रोजगारीमा लामो समय रहेर पुनह नेपालमा नै आई सो मार्कैटमा ब्यवसाय गरेका युवाहरुलाई आश्वासन दिदै कुनै पनि नेपाली सधैको नेपाली भन्ने अहिलेको संविधानमा रहेको प्रावधानलाई सदुप्रयोग गर्दै एनआरएन र विदेशको कार्ड होल्डरहरुले पनि ढुक्क भएर नेपालमा लगानी गर्न सक्ने बताउनु भयो ।
नारायणगढको ब्यस्त स्थान शहिदचोकमा ३ जना युवा ब्यवसायीहरु तेजनारायण खरेल,बाबुराम रामुदामु र प्रेमसेन्चुरीले यस मार्केटलाई ब्यवस्थापन गर्नुभएको हो । कुल ५५ सटर रहेको मार्केटमा सुनचाँदी पसल देखि कपडा, फेन्सी, भाडा, होटल लगायत संचालनमा आएका छन् । 
पाकिङको समस्या रहेको सो स्थानमा पछिल्लो समय बनेको सो मार्केटले समेत पाकिङको लागि मध्यनजर राख्दै अण्डरग्राउण्ड पाकिङ राख्न नसक्दा उपभोक्तालाई भने सास्ती हुने देखिएको छ । 
उद्धधाटन समारोहमा भरतपुर वडा नम्वर १ का वडा अध्यक्ष जयराम श्रेष्ठ, उवासंध चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ, विभिन्न ब्यवसायीक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको  उपस्थिति रहेको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award