मध्य नेपाल

स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु
खेम बोलखे, कालिका, १ बैशाख ।  
भरतपुर महानगरपालिका स्थित पूजा फनपार्कमा शनिबार पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।  नयाँ वर्षका दिन पूजा फनपार्कमा घुम्न जाने क्रममा भरतपुर १७ सानोगढीका अन्दाजी १८ वर्षका कालु गुरुङ त्यहाँ रहेको स्वीमिङ पुलमा डुबेर बेहोस् भएका थिए । 
 
शनिबार दिउँसो ३ः३० बजेको समयमा उनी स्वीमिङ पुलमा डुबेर बेहोस् भएपछि उनलाई त्यहाँबाट झिकेर केही समय फनपार्क मै राखिएको र होस् नखुलेपछि तत्काल उपचारका लागि अस्पताल ल्याइएको थियो । 
 
उनको भरतपुर सरकारी अस्ततालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award