- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
नयाँ वर्षमा सौराहा भरिभराउ
नारायण अधिकारी, चितवन, ३० चैत, रासस
पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे । पर्यटन व्यवसायीलाई पनि पर्यटक भनेपछि विदेशीमात्रै लाग्ने गथ्र्यो । अहिले अवस्था त्यस्तो छैन । पछिल्ला वर्षहरुमा विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउनेहरु आन्तरिक र बाह्य दुवै हुने गरेका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउन आउनेहरुको संख्या वर्षेनी बढ्दो छ । उहाँले भन्नुभयो, “तीन वर्षयता नयाँ वर्ष मनाउन यहाँ आउने संख्या वर्षेनी बढ्दै गएको छ ।” त्यसअघिका वर्षहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटक आउने भए पनि नेपाली नयाँ वर्षमा पर्यटकीय क्षेत्र प्रायः सुनसान जस्तो हुन्थे । पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकले होटल भरिभराउ हुने गरेका छन् ।
गतवर्ष नेपाली नयाँ वर्षमा ८० प्रतिशत सौराहाका होटल बुकिङ भएका थिए । यसवर्ष ९० प्रतिशत होटल बुकिङ भइसकेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार ६० देखि ७० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक सौराहामा छन् । अंग्रेजी नयाँ वर्षमा शतप्रतिशत होटल बुकिङ हुने गर्छ । सौराहाका ११० होटलमा पाँच हजार ५०० पर्यटक राख्न सकिन्छ । धेरै आन्तरिक पर्यटक आज आएर भोलि फर्किने गर्छन् । बाह्य पर्यटक दुई÷तीन दिनसम्म बस्न सक्छन् ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन ९रेवान० सौराहाका अध्यक्ष गोकर्ण गिरी सौराहाका होटल रेष्टुरेण्टहरु पर्यटकले भरिएको बताउनुहुन्छ । उहाँका अनुसार बिहीबारदेखि नै पर्यटकको चहलपहल बढेको छ । त्यसो त विदेशीले भन्दा नेपाली पर्यटकले बढी खर्च गर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालीको गोजीमा रु एक हजार भयो भने रु ९०० खर्च गर्छन् विदेशले रु एक हजार भयो भने रु ३०० सम्म मात्रै खर्च गर्छन् ।”
आम्दानीको हिसाबले स्वदेशी पर्यटक फाइदाजनक हुने उहाँले बताउनुभयो । यस वर्ष नयाँ वर्षको अघिल्लो दिन शुक्रबार तथा नयाँ वर्षको दिन शनिबार परेकाले पनि नयाँ वर्ष मनाउन आउनेको संख्या बढी भएको उहाँको भनाइ छ । पछिल्ला वर्षहरुमा नेपालीहरुमा भ्रमण र खर्च गर्ने प्रचलन बढ्दो छ । यतिबेला विद्यालयको परीक्षा सकिएर नयाँ कक्षा सञ्चालन भइनसकेकाले पारिवारिक भ्रमण पनि बढी हुने गर्छ ।
रेवानले नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सौराहाकै केही होटलले पनि सांस्कृतिक कार्यक्रम राखेका छन् । सौराहा आउने पर्यटक राप्ती किनारको बगरमा बसेर निकुञ्ज नियाल्दै रमाउँछन् । पर्यटकले हात्ती, डुंगा र जिप सफारी पनि गर्छन् । देशको तेस्रो पर्यटकीय गन्तव्य मानिने चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ एकसिंगे गैँडा, बाघलगायत जंगली जनावर हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





