- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती ः अध्यक्ष दाहाल
चितवन, ३० चैत, रासस
नेकपा ९माओवादी केन्द्र्र० का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याउनु भएको छ ।
बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताउनुभयो । अहिले बलियो सरकार भएको भन्दै उहाँले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताउनुभयो ।
बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उहाँले बताउनुभयो । यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उहाँले प्रष्ट्याउनुभयो । घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताउनुभयो ।
सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राखेका थिए ।
विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । यसअघि आजै माडीमा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले निकुञ्ज ऐन, २०२९ संशोधनको पहल थाल्ने बताउनुभयो ।
सो क्षेत्रका निर्वाचित सांसदसमेत रहनुभएका दाहालले चितवन राष्ट्रिय निकुञ्ज जनतालाई बरदान नभएर अभिशाप भएको बताउनुभयो । उहाँले निकुञ्ज जनता बरदान हुने गरी ऐन संशोधन गर्न जोड दिनुभयो । उहाँले भन्नुभयो, “ऐन परिवर्तन गर्न नसके जनताको आन्दोलनमा म सहभागी हुन्छु ।” माडीको समृद्धि गर्न सके देशको समृद्धि हुने भन्दै उहाँले गाउँगाउँबाट विकास निर्माणका काम थाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा ९एमाले० नगर इन्चार्ज नारदमणि पौडेल, जिल्ला समन्वय समितिका सदस्य चूडामणि महतोलगायतले त्यस क्षेत्रका समस्याका बारेमा दाहाललाई अवगत गराउनुभएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





