मध्य नेपाल

५ दिने नारायणगढ फुड फेस्टिबल २०७५ शुरु ५ दिने नारायणगढ फुड फेस्टिबल २०७५ शुरु
कालिका, २९, चैत्र । 
नव वर्षको अवसरमा नेवा पुचः नारायणले आयोजना गरेको ५ दिने नारायणगढ फुड फेस्टिबल २०७५को  बिहिबार शुरु भएको छ ।  
 
आगामी बैशाख ३ गते सम्म हुने नारायणगढ फुड फेस्टीभल २०७५को भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले उद्घाटन गर्नु भएको हो । यस वर्ष क्याम्पस चौर जाऔं नया वर्ष मनाऔं भन्ने मुल नाराका साथ फुड फेस्टीभलको आयोजना गरीएको छ । 
 
नारायणगढको क्याम्पाचौरमा भएको फुड फेस्टिबलमा ६० देखि ८० बटा स्टलहरु राखीएका छन् । जसमध्य ४ वटा बिशेष स्टल रहेकोे नारायणगढ फुड फेस्टिबलका संयोजक ज्ञानेन्द्र शाक्यले जानकारी दिनु भयो । बिगत देखि नै नेवा पुचः नारायणले फुड फेस्टीवले चितवन महोत्सवको अवसरमा आयोजना गर्दै आईरहे पनि यसपटक देखि हरेक वर्ष निरन्तरता दिन लागेको आयोजकको भनाई छ । 
 
करीव २५ लाखको खार्च अनुमान गरेको फुड फेस्टिभलमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सहित बिबिध संस्कृतिक कार्यक्रम राखीने छ । भने डिजे धमाका, फेसन सो लगाएतका रोचक कार्यक्रममा हुने संयोजक शाक्यले बताउनु भयो । नारायणगढ फुड फेस्टीभल बैशख ३ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award