मध्य नेपाल

पुर्वप्रहरीलाई उद्धोषण तालिम पुर्वप्रहरीलाई उद्धोषण तालिम
राजु थापा, चैत २९, कालिका
नेपालपुर्वप्रहरी संगठन चितवनले आयोजना गरेको ५ दिने ब्यक्तित्वविकास तथाउद्धोषण तालिमविहीवार समापनगरिएको छ । २० वर्ष देखि ३० वर्ष सम्मप्रहरी सेवामा रहि अवकाशप्राप्त पछि पनि समाजमाविभिन्न संधसंस्था आवद्ध रहनु भएकाभुपु प्रहरीहरुलाई समुदायमाझबोल्दा सहजहोस् भन्ने हेतुले तालिमको आयोजनागरिएको आयोजक संस्थाले जानकारी दिएको हो ।
 
संगठनको कार्यालय चितवनमागरिएको समापनकार्यक्रममाजिल्लाप्रहरी कार्यालय चितवनकाप्रवक्ता डिएसपी प्रभु प्रसाद ढकालले आफुले सिकेका कुरा ब्यवहारमाउतार्न पहलगर्न र कुनै पनि ठाँउमा आपनो नेतृत्व र असलब्यक्तित्वप्रर्दशनगर्न आग्रहगर्नु भयो साथै उहाँले आगामीदिनमाअन्यविषयमा समेत तालिमलिई समाजमाउदाहरणीय कार्य गर्न आग्रहगर्नु भएको थियो । यस्तै कार्यक्रममाजिल्ला ट्राफिक प्रहरी प्रमुखप्रहरी निरिक्षक सन्तोष पन्तले जिवन रक्षाको विषयमा समेत भुपु प्रहरीले कार्य गर्नु पर्ने बताउनु भयो । 
 
१८ जनापुर्व प्रहरीले लिएको सो तालिमलाई कालिकाएफएमकाकार्यक्रम संचालकमनोज पन्त  र राजु थापाले प्रशिक्षण दिनु भएको थियो ।  समापनकार्यक्रममापुर्व प्रहरीका केन्द्रिय सदस्य रामकृष्ण कार्की, वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसादपौडेल लगायतको सहभागिता रहेको थियो । नेपालपुर्व प्रहरी संगठन चितवनकाअध्यक्षचक्रबहादुर कार्कीको सभापतित्वमा सम्पन्नभएको कार्यक्रमलाई प्रशिक्षार्थी समेत रहनु भएकाकमल प्रसाद भटट्ले संचालनगर्नु भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award