मध्य नेपाल

नेवा पुचः नारायणले ५ दिने नारायणगढ फुड फेस्टिबल २०७५ गर्दे नेवा पुचः नारायणले ५ दिने नारायणगढ फुड फेस्टिबल २०७५ गर्दे
कालिका, चैत्र । 
नव वर्षको अवसरमा नेवा पुचः नारायणले ५ दिने नारायणगढ फुड फेस्टिबल २०७५को  आयोजना गर्ने भएको छ ।  
 
नेवा पुचः नारायणले नव वर्षको अवसरमा नारायणगढ फुड फेस्टीभल २०७५ यहि चैत्त २९ गते देखि बैशख ३ गते सम्म आयोजन ागर्न लागेको आयोजकले जनाएको हो । बिगत देखि नै नेवा पुचः नारायणले फुड फेस्टीवलको चितवन महोत्सवको अवसरमा आयोजना गर्दै आईरहे पनि यसपटक देखि हरेक वर्ष निरन्तरता दिन लागेको आयोजकको भनाई छ । 
 
यस वर्ष क्याम्पस चौर जाऔं नया वर्ष मनाऔं भन्ने मुल नाराका साथ फुड फेस्टीभलको आयोजना गरीएको छ । नारायणगढको क्याम्पाचौरमा हुने फुड फेस्टिबल ६० देखि ८० बता स्टलहरु राखीने छन् । जसमध्य ४ वटा बिशेष स्टल रहने नारायणगढ फुड फेस्टिबलका संयोजक ज्ञानेन्द्र शाक्यले जानकारी दिनु भयो । 
 
करीव २५ लाखको खार्च अनुमान गरेको फुड फेस्टिभलमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सहित बिबिध संस्कृतिक कार्यक्रम सहित डिजे धमाका, फेसन सो लगाएतका रोचक कार्यक्रममा हुने संयोजक शाक्यले बताउनु भयो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award