मध्य नेपाल

भरतपुर महानगरपालिका र चिनको एक विश्वबिद्यालय बिच शैक्षिक सम्झौतामा हस्ताक्षर भरतपुर महानगरपालिका र चिनको एक विश्वबिद्यालय बिच शैक्षिक सम्झौतामा हस्ताक्षर
कालिका, चैत्र, २७ । 
भरतपुर महानगरपालिका र चिनको सेन्ट्रल साउथ विश्वबिद्यालय बिच शैक्षिक सहकार्यका लागी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
 
मंगलबार भरतपुर महानगरपालिकाको भवनमा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सेन्ट्रल साउथ विश्वबिद्यालयको तफएबाट सियाङ्या नर्सिङ स्कुलका डिन प्रोफेसर थाङ सियुआनले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । महानगरपालिका भित्रका गरिब, असहाय र जेहेन्दार २० जना विद्यार्थीलाई पूर्ण तथा ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरीने सम्झौता पत्रमा सहमती भएको महानगरपालिकाकाले जनाएको छ । 
 
कार्यक्रममा बोल्दै सियाङ्या नर्सिङ स्कुलका डिन प्रोफेसर थाङ सियुआनले नेपालमै पहिलो पटक महानगरपालिकामा सहकार्य गरेको बताउदै आगामी दिनमा प्रभावकारी हुने बताउनु भयो । उहाँले सेन्ट्रल साउथ विश्वविद्यालय चीनको चर्चित विश्वविद्यालय रहेको बताउनदै स्नातकोत्तर र विद्यावारिधिमा २ सय १७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन गरीरहेको जानकारी दिनु भएको थियो । 
 
यस्तै भरतपुर महानगरपालिककी मेयर दाहलले यस सम्झौताले उच्चशिक्षाको महत्वका, दुई देश बिच समाजिक, साँस्कृतिक, ज्ञान आदन प्रदानका साथै जेहेनदार बिद्यार्थीहरुको लागी एक बिशेष अवसरको रुप सृजना हुने विश्वास लिनु भएको छ । भरतपुर महानगरपालिकाको तर्फबाट लामो समय देखि चिनमा बसोवास गर्दै आउनु भएका डा. विश्वास श्रेष्ठले सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गर्नु भएको थियो ।

भरतपुर महानगरपालिका र चिनको एक विश्वबिद्यालय बिच शैक्षिक सम्झौतामा हस्ताक्षर

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award