मध्य नेपाल

साईकलमा लगाउने भन्सार हटाउन साईकल ब्यबसायीको माग साईकलमा लगाउने भन्सार हटाउन साईकल ब्यबसायीको माग
कलिका, चैत २६ ।
साईकल ब्यबसायी संघ नवलपुरले साईकल तथा ईलेक्ट्रिीक साईकलमा लाग्ने भन्सार करलाई तत्काल हटाउन माग गरेको छ ।
 
सोमबार नवलपुमा साईकल ब्यबमायी संघको १२औँ साधारण सभाको अबसरमा संघले बिज्ञप्तीनै निकालेर भन्सार शुल्क हटाउन माग गरेको  हो । साईकल तथा ईलेक्ट्रिीक साईकल र पार्टस् नेपालमै उत्पादनको गर्न सकिने बताउदै बिशेष प्रोत्साहन दिदै औधोगिक नीति पारित गर्न समेत माग गरेका छन।
 
आईतबार एक बिज्ञप्ती जारी गर्दै संघले बिलाशिताका साधन बड्दो प्रयोगले गर्दा स्रोत र साधनले सम्पन्नहरुको रोजाईमा साईकल नपरेको उल्लेख गर्दै निम्न आयश्रोत भएका ब्यक्तिले प्रयोग गर्ने भएकोले यस्को भन्सार शुल्क छुटको लागि जोडदार माग गरेका छन । संघका अध्यक्ष धर्मराज सापकोटा द्धारा हस्ताक्षरित बिज्ञप्तीमा बढ्दो ग्लोबल वार्मिङलाई कमगर्ने, पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्ने,  प्रदुर्षण घटाउन सहयोग गर्ने भएकोले सरकारले साईकललाई बिशेष नीती ल्याउन आबश्यक रहको उल्लेख गरिएको छ ।
 
यसै बिच संधको साधारण सभालाई संबोधनगर्दै कार्यक्रमका प्रमुख अतीथि समेत रहनुभएकी भरतपुरमहानगर पालिकाकी उप प्रमुख पार्बतीशाहाले आँफुले साईकल ब्यबसायीको मागलाई केन्द्रिय सरकार समक्ष पुर्याउने आश्वासन समेत दिएकी छन । कर्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष शहनलाल प्रधान,साईक लब्यबसायी महासंधका दया भण्डारी,चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कडेल, उद्योग बाणिज्य संध गैडाकोटका अमृत भट्टचन लगाएतले बोल्नु भएको थियो ।
 
कार्यक्रम संधका अध्यक्ष धर्मराज सापकोटाको अध्यक्षतामा समपन्न भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award