मध्य नेपाल

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध
चितवन, २५ चैत, रासस
गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ भन्नुभयो । 
 
विकास र समृद्धिका लागि सुशासन अपरिहार्य छ भन्दै गृहमन्त्री थापाले कर्मचारी प्रशासनमा हुने भ्रष्टाचार, अनियमितता र नोकरशाहीतन्त्रका कारण यहाँका उद्योग व्यवसाय संरक्षण हुन नसकेकाले यसमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिनुभयो । 
 
“चीन र भारतबाट ह्वारह्वार्री आउने सामानलाई नीतिगतरूपले व्यवस्थित नगरिएसम्म यहाँका उद्योग फस्टाउन सक्दैन ।” उहाँले भन्नुभयो, “कतिपय नीति भएर पनि कार्यान्वयन हुन नसक्दा यहाँका उद्योग व्यवसाय ओझेलमा परेका छन् । खुला सीमाका कारण तस्करी बढिरहेको र यसले नेपालको अर्थतन्त्रलाई डुबाइरहेको छ । ” 
 
सरकारको मूल लक्ष्य विकास र समृद्धि नै हो भन्दै गृहमन्त्री थापाले गरिबीका कारण विगतमा यहाँको श्रम शक्ति पलायन हुँदै आएकामा अबको सरकारले स्वदेशमै उद्योग तथा व्यवसाय फष्टाउन प्रोत्साहित गर्ने बताउनुभयो । देशका उद्योग व्यवसाय २४ सैं घण्टा सञ्चालन हुनुपर्ने भन्दै उहाँले त्यसको सुरक्षाको प्रबन्ध सरकारले मिलाउँछ भन्नुभयो । 
 
यसअघि उक्त संघका तर्फबाट औद्योगिक गुल्म स्थापना गर्न, औद्योगिक वातावरणको सिर्जना गर्न, चन्दा आतंक तथा धम्की रोक्न, उधारो भुक्तानीको समस्या हटाउन, कर छलीका नाममा व्यवसायीलाई गरिने अमानवीय व्यवहार रोक्न, अस्पताललाई झै उद्योगलाई पनि विद्युत् शुल्कमा छुट दिन माग गरिएको थियो । 
 
संघका अध्यक्ष भेषराज दुवाडी, पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष सहनलाल प्रधान, नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष शिवराम केसी, क्षेत्रीय होटल संघ नेपाल, सौराहाका अध्यक्ष सुमन घिमिरे, निजी अस्पताल समन्वय समितिका जिल्ला अध्यक्ष नारायणसिंह कुँवर, अस्पताल व्यवसायी शम्भु सुवेदी, व्यवसायी आकाश थापा लगायतले आ–आफ्नो क्षेत्रमा देखिएका सुरक्षा अभाबलगायत व्यावसायमा देखापरेका समस्याबारे गृहमन्त्री थापालाई अवगत गराएका थिए । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award