मध्य नेपाल

चितवनका साउण्ड सिष्टम ब्यवसायीलाई डिजिटल ज्ञान
राजु थापा, चैत २३, कालिका
एनालक प्रविधिबाट साउण्ड सिष्टम चलाईरहेका चितवनका साउण्ड सिष्टम ब्यवसायीहरुलाई डिजिटल प्रविधिको जानकारी दिने उद्धेश्यले शुक्रवार कार्यशाला गोष्ठी गरिएको छ ।
चितवन  साउण्ड सिष्टमले आयोजना गरेको गाष्ठीमा चितवनका ३५ संस्थाका संचालक तथा प्रतिनिधि , डिजेहरु र नवलपरासीको ब्यवसायीहरुको सहभागिता रहेको थियो । गोष्ठीमा काठमाडौको वुडल्स ट्रेडसले प्राविधिक सहयोग गरेको थियो ।डिजीटल प्रविधिको मिक्सचर र साउण्ड सिष्टमको सामाग्रीबारे वुडल्सका प्रमुख सुन्दरमान श्रेष्ठ, प्राविधिकहरु दिनेश मर्हजन र लावाङ लामाले प्रशिक्षण दिनु भएको थियो ।
मंगलपुरको अतिथि पार्टी प्यालेसमा भएको कार्यशालामा चितवन साउण्ड सिष्टमका अध्यक्ष मानदेव अधिकारीको अध्यक्षतता रहेको थियो । उपाध्यक्ष सुर्य पाठकले स्वागत मन्तब्य राख्नु भएको कार्यशालामा सचिव यम अधिकारीले कार्यशाला राख्नुको औचित्य प्रकाश पार्दै कार्यशालालाई सहजीकरण गर्नु भएको थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award