मध्य नेपाल

राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा
चितवन, २२ चैत । 
स्थानीय उद्योग र उत्पादनको प्रबद्र्धनका लागि चितवनको भरतपुरमा शुक्रबारबाट हुन लागेको ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ को अन्तिम चरणमा पुगेको छ । 
 
चितवन उद्योग संघ भरतपुरको आयोजनामा हुने प्रदर्शनीको तयारी लगभग पुरा भएको प्रदर्शनीका प्रचार संयोजक मदन घिमिरेले जानकारी दिनुभयो । औद्योगिक प्रर्दशनीले नयांँ उद्यमी र यहांँ रहेका उद्यमीहरुलाई सक्षम बनाउन टेवा पुग्ने उहाँको भनाई छ । स्थानिय उत्पादनलाई प्राथमिकता दिएर प्रदर्शनी गर्न लागिएको हो ।
 
औद्योगिक प्रदर्शनी स्थल भरतपुरमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहने छन् । चैत २७ सम्म चल्ने प्रर्दशनीमा ८५ प्रतिशत औद्योगिक सामान, उपकरण र १५ प्रतिशत स्थानीय कृषि उत्पादनका स्टलहरु रहने उद्योग संघले जनाएको छ ।
 
प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रबद्र्धधन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवद्र्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहने आयोजकले जानकारी दिएको छ ।
 
प्रर्दशनीमा झण्डै १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको उद्योग संघ चितवनका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक भेषराज दवाडीले जानकारी दिनु भयो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award