मध्य नेपाल

शौक्षिक आन्दोलनप्रति राज्यको व्यवास्था शौक्षिक आन्दोलनप्रति राज्यको व्यवास्था
कालिका, प्रतिमाकुमाल चैत २२ गते 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी चितवनले विहिबार पत्रकार सम्मेलन गरेको छ । २८ गते स्कुल अफ हेल्थ साईन्समा हुन गइरहेको २९ औँ जिल्ला सम्मेलनका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो । 
 
सम्मेलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका महासचिव राम नेपाली, केन्द्रिय सचिवालय सदस्य अमृत चपाई, केन्द्रिय सदस्य दिपक पोख्रेल र जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । दुई खाले शिक्षा प्रणालिको खारेज गरि शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नु पर्ने उहाँहरुले बताउनु भयो । 
 
यही चैत २८ गते सम्मेलनको दिन भरतपुरको चौबीसकोटीबाट र्याली शुरु भई स्कुल अफ हेल्थ साईन्समा जिल्ला अधिवेशनमा परिणत हुने जिल्ला अध्यक्ष अमित सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award