मध्य नेपाल

अपाङ बालबालिकाहरुको सुरक्षा सरकारले नै गरिदिनु पर्ने
कालिका, प्रतिमा कुमाल चैत २२ 
 
अपाङ बालबालिकाहरुको सुरक्षा सरकारले नै गरिदिनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् ।
 
चितवन स्थित नेपाल बौद्धिक अपाङ्ग अभिभावक संघको छैठौँ साधारण सभामा वोल्ने वक्ताले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले अपाङ्ग बालबालीकाहरुलाई सरकारले सुरक्षाको व्यवस्थान नगर्दा बालबालीकालाई समस्या परेकोप्रति दुख व्यक्त गरेका छन् । उनिहरुले चितवनमापनि अपाङग मैत्रीबाल शिक्षण आवाश बनाउन आग्रह गरेका छन् । 
 
कार्यक्रममा महिला बालबालीका कार्यालय अधिकृत कलावती ओझाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा ओेझाले अपाङ्ग मैत्रीबाल शिक्षण आवाश निर्माण हुने आशवासन दिनु भएको छ । कार्यक्रममा सि.वि.आर. कार्यक्रमका संयोजक भरतमणि भट्टको अतिथ्यता रहेको थियो ।
 
बौद्धिक अपांगता अभिभावक संघका अध्यक्ष निर्मलकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम समापन भएको हो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award