मध्य नेपाल

चितवनको माधवपुरमा कुखुरामा बर्ड फ्लु भएको आशंका चितवनको माधवपुरमा कुखुरामा बर्ड फ्लु भएको आशंका
कालिका२२ चैत्र ।
चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि आफ्नो कुखुरामा बर्ड फ्लु लागेको हुनसक्ने सो फर्मका सञ्चालक अमृत लामिछानेले आशंका गर्नु भयो ।
 
सो लामिछाने पोल्ट्री फर्म द्रोणप्रसाद लामिछानेको नाममा दर्ता भएपनि फर्मको सबै कारोबार उनका कान्छा भाइ अमृत लामिछानेले हेर्दै आउनु भएको छ । विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा यति ठूलो मात्रामा लेयर्स कुखुरा मरेपछि आज बिहिबार जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा. विकाश श्रेष्ठ सो फर्ममा पुग्नु भएको थियो । 
 
कुखुराको खोरको अवलोकन पछि कार्यालय प्रमुख खरेलले छोटो समयमा यति धेरै मात्रामा कुखुरा मर्नुले बर्ड फ्लुको आशंका भएपनि ल्याब परीक्षणको रिपोर्ट नआई भन्न नसकिने बताउनु भयो । त्यस्तै पशु चिकित्सक डा. विकाश श्रेष्ठले पनि बर्ड फ्लुको आशंका भएको छ, तर रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिने बताउनु भयो ।  
 
लोमेन जातको लेयर्स कुखुराले अण्डा दिन थालेको ३ महिना भएको थियो । ५ हजार १ सय कुखुरा मध्ये ९९ प्रतिशत कुखुराबाट अण्डा उत्पादन भईरहेकोमा अचानक रोग लागेपछि अहिले फर्म सञ्चालकलाई कुखुरा गाड्ने ठाउँ समेत अभाव भएको छ । उनको ५ सय अट्ने २ वटा खोरका सबै कुखुरा मरेर खोर खाली भएको छ । २ हजार अट्ने अर्को ठूलो खोरमा करिब ३ सय जिउँदा कुखुरा देख्न सकिन्छ ।  
 
यता, १ हप्तादेखि कुखुरा मर्न थालेपछि लामिछाने परिवारका ५ जना बालबच्चा र बुबाआमा रत्ननगरको टाँडी क्षेत्रमा गएर बस्न थालेका छन् । उनीहरु विगत ४ दिनदेखि माधवपुरको घर छाडेर टाँडी गएका छन् ।  विशेषगरी केटाकेटी र वृद्धवृद्धालाई भाइरसले चाँडै आक्रमण गर्न सक्ने आशंकाले उनीहरुले घर छाडेको बताइएको छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award