मध्य नेपाल

कालिका नगरपालिकाका २२ चेलीलाई छात्रबृत्ति कालिका नगरपालिकाका २२ चेलीलाई छात्रबृत्ति
चितवन, २२ चैत । 
चेली नेपालले आज कालिका नगरपालिका क्षेत्र भित्रका २२ जना छात्राहरुलाई छात्रबृति सहयोग वितरण गरेको छ । कालिका नगरपालिकाको बडा नं ६ मा आयोजित एक कार्यक्रमका बिच नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ र संस्थाका निर्देशक सुरेन्द्रप्रसाद चापागाँईले छात्रबृति सहयोग वितरण गर्नुभएको हो । 
 
साविक पद्मपुर र सिद्धि गाविसका २२ जना चेलीहरुलाई छात्रबृति प्रदान गरिएको हो । मानव वेचबिखन र लैगिंक हिसां बिरुद्धमा कार्यरत संस्थाले उच्च जोखिममा रहेका छात्रहरुको लागी छात्रबृति कार्यक्रम संचालन गर्दै आएको संस्थाका आईजी कार्यक्रम संयोजक सिन्धु ढकालले जानकारी दिनुभयो । 
 
छात्रबृत्ति वितरणका क्रममा मेयर श्रेष्ठले चेली नेपालले लैगिंक हिसा सँगसगै बालविबाहको दर उच्च रहेको कालिका नगरपालिकामा संस्थाले दिएको छात्रबृतिले केहि हदसम्म वालविबाह न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा चेली नेपालका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले लैगिंक हिसां  र मानव वृृेचबिखन विरुद्धको अभियान अन्तर्गत समस्याको जडका रुपमा शिक्षाबाट वन्चित हुने अवस्था रहेकाले संस्थाले छात्रबृति कार्यक्रम संचालन गरिरहेको वताउनु भयो । संस्थाले बुधबार भरतपुर महानगरपालिका भित्र ६० भन्दा वढि बिद्यार्थीहरुलाई छात्रबृति सहयोग वितरण गरेको थियो । 

कालिका नगरपालिकाका २२ चेलीलाई छात्रबृत्ति

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award