मध्य नेपाल

चितवनमा पुर्ननिर्माणमा खटिएका ईन्जिनियरको चरम लापरबाही चितवनमा पुर्ननिर्माणमा खटिएका ईन्जिनियरको चरम लापरबाही
कालिका, चैत २२।  
चितवन स्थित ईच्छाकमना गाँउपालिकामा खटिएका ईन्जिनियरको लपरबाहीले सिमा नागको स्थानीयले गुनासो गरेका छन । झण्डै २ हजार भुक्मप पीडित रहेको ईच्छाकामनामा खटिएका ईन्जिनियरको लापरबाहीले गर्दा पीडितहरु मर्कामा परेका हुन। भुकम्प पछिको पुर्ननिर्माणको लागि खटिएका ईन्जिनियरहरुले स्थानीयलाई सेवा दिने ठाँउमा सास्थि दिने गरेको गुनासो गरेका हुन । 
 
ग्रामिण क्षेत्रमा पर्ने ईच्छाकामनामा पुगेका ईन्जिनीयरले एक घर हेर पछि अर्को घर हेर्न अटेर गर्दा समास्यामा परेका हुन । पुर्ननिर्माणमा खटिएका ईन्जिनियलाई गाँउमा पाउन समेत मुस्किल हुने गरेको स्थानीय कुमारी प्रजाले बताएकी छन । कुमारीलाई मात्र त्यो समस्या नभई त्यो समस्या त्हाँका सबै जसो पीडितलाई परेको हो । ईन्जिनियर नपाएर परामर्श बिना निर्माण गरिएका घरलाई भत्काउने समेत ईन्जिनियरले चेतावनी दिने गररेको गुनासो स्थानीयको रहेको छ । 
 
ईन्जिनियरहरुको चरम लापरबाहीका काँरण पहिलो किस्ताको तुलानामा दोश्रो किस्ताको रकम पाउनेको शङख्या समेत निकै न्युन रहेको छ । ईच्छाकामनामा २ हजार २ सय ५३ले रातो कार्ड पाए पनि २ हजारले मात्र पहिलो किस्ताके रकम पाएका छन भने जम्मा १ सय ३० जनाले मात्र पहिलो किस्ताको रकम पाएको राष्ट्रिय पुर्ननिर्माण प्रधिकरण चितवनका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिएका छन । 
 
ईच्छाकामना गाँउपालिकामा सहि मात्रामा ईन्जिनियर परिचालन गर्न नसक्दा दोश्रो किस्ताको रकम पाउनेको शङख्या निकै न्युन रहेको कार्कीले बताउछन् । बर्खा याम अगाडिनै घर निर्माण गर्ने चाहाना भए पनि कागजि प्रक्रिया लगाएत अन्य थुप्रै  किसिमका काँरणले गर्दा पिडीतलाई झनै पिडा माथि पिडा थपिएको हो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award