मध्य नेपाल

चेली नेपालद्धारा ६० चेलीहरुलाई छात्रबृति प्रदान चेली नेपालद्धारा ६० चेलीहरुलाई छात्रबृति प्रदान
सविता दराई, कालिका चैत्र २१ 
मानव वेचविखन तथा लैगींक हिसां बिरुद्ध काम गर्दै आएको चेली नेपालले आज भरतपुर महानगरपालिका भित्रका ६० भन्दा वढी छात्राहरुलाई छात्रबृति सहयोग हस्तान्तरण गरेको छ । 
मानब बेचविखन प्रभावितहरुको हकहितका पक्षमा काम गर्दै आएकोचेली नेपालले बेचविखनमा परेका र जोखिमयुक्त ६० किशोरीहरुलाई स्टेशनरी ब्याग र नगद वितरण गरेको हो । चेली नेपालले तिन किस्तामा महिनाको २ हजारका दरले प्रत्येक चार महिनामा नगद सहयोग गर्दै आएको आईजी कार्यक्रम संयोजक सिन्धु ढकालले जानकारी दिनु भयो । 
 
कक्षा ४ देखी १२ सम्म अध्ययनरत जोखीमयुक्त गरिब, दलित, अभिभावक गुमाएका र विशेष गरी चेली नेपालले सञ्चालन गरेको तालिम केन्द्रबाट तालिम लिएका पुनस्थापित किशोरी तथा महिलाहरुले आफ्नो समुदायमा गएर ब्यबसाय गरी बसेकाले आफ्नो गाउँ ठाउको जोखीमयुक्त किशोरी हो भनेर सिफारीसको आधार छात्रबृत्ति प्रदान गर्ने जानकारी दिनु भएको छ । 
 
 
कार्यक्रममा प्रदेश नम्बर तिनका साँसद गीता वाग्लेले बेचविखनमा परेका र हिंसापीडीत किशोरीलाई चेली नेपालले गरेको उद्धार तथा राहत कार्यक्रमको प्रंससा गर्नु भएको छ । उहाले छात्रबृति प्राप्त गर्नु भएका किशोरीहरुलाई छात्रबृत्तिको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो ।
छात्रबृति वितरणका क्रममा संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले वेचविखन र लैगींक हिसांको रोकथामको लागी छात्रबृति कार्यक्रम सहयोगसिद्ध हुने बताउनुभयो । समस्याको सुरुवात हुनुपुर्व नै रोकथाम गर्ने र चेलीहरुलाई शिक्षा सहित सवल वनाउनका लागी संस्थाले छात्रबृति कार्यक्रम संचालन गरेको उहाँले वताउनुभयो । 
 
रोशनी सुनारले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय चितवनका सहायक महिला विकास अधिकृत कलावती ओझा, महिला अधिकारकर्मी संगिता भट्टराई,जिल्ला शिक्षा कार्यालय चितवनका शाखा अधिकृत जानुकी वराल, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा सरदपुर उच्च माविका प्रधानाध्यापक भोलानाथ सापकोटा लगायतका अतिथिहरुले बोल्नु भएको थियो । 
 
छात्रा दिया लामा, अभिभावक विमला विक ले छात्रबृतिका लागी आभार व्यक्त गर्दै प्राप्त सहयोगको भरपुर सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award