मध्य नेपाल

मालपोत र नापी कार्यालय भरतपुरको मन्त्री लामाद्वारा निरीक्षण
चितवन, चैत २०  
प्रदेश नम्बर ३ का कृषी तथा भूमिव्यवस्था मन्त्री दावा दोर्जे लामाले मंगलबार मालपोत र नापी कार्यालय भरतपुरको आकस्मिक निरीक्षण गर्नु भएको छ ।
 
सेवाप्रबाहमा ढिलासुस्ती हुने गरेको जनगुनासो आएपछि मन्त्री लामाले कार्यालयको निरिक्षणसंगै कर्मचारिलाई निर्देशन पनि दिनु भयो । मन्त्री लामाले जनताको काममा ढिलासुस्ती नगर्न र न्यायपूर्ण तवरले काम गर्न कर्मचारीलाई निर्देशन दिनु भएको थियो । 
 
जनताको सेवा प्रबाहमा बाधा पुर्याउने कर्मचारीलाई कारबाही गरिने मन्त्री लामाले निर्देशनका क्रममा चेतावनी दिनु भयो ।  भ्रष्टचारमुक्त कार्यालय बनाउने अभियानमा लागेको बताउँदै मन्त्री लामाले जनताको काम छिटो छरितो गराउन र जनतालाई दुःख दिने प्रबृत्ती अन्त्य गर्नु आवश्यक रहेकोमा जोड दिनु भयो ।
 
सो अवसरमा मालपोत कार्यालय भरतपुरका कायममुकायम प्रमुख खेमनारायण पौडेल र नापी कार्यालय प्रमुख अमृत अधिकारीले कर्मचारी र स्रोतसाधनको अभावमा सेवा प्रवाहमा समस्या भएको गुनासो राखेको गर्नु भएको थियो । निरीक्षण्का क्रममा मन्त्री लामासँग सेवाग्राहीहरुले गुनासो समेत गरेका थिए । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award