मध्य नेपाल

भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियो उद्घाटन भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियो उद्घाटन
कालिका, चैत्र २० 
भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियोको चितवन नारायणगढस्थित शहीद चोकमा समुद्घाटन गरिएको छ ।
 
मंगलबार एक कार्यक्रमका बीच नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री  करिश्मा मानन्धर, कोरियोग्राफर जयनसुब्बा मानन्धर र भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियोका प्रबन्ध निर्देशक अन्जली क्षेत्रीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री  मानन्धरले महिलाहरु हरेक क्षेत्रमा सक्षम बन्दै गएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्लरका प्रबन्ध निर्देशक क्षेत्रीले आगामी दिनमा पनि सौन्र्दयको पारखीहरुलाई भरपुर सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । २०७२ सालबाट शहीद चोक, लोकमान प्लाजाबाट बाट सेवा दिदैँ आएको भेनस ब्यूटी पार्लरले मिलन मार्केटबाट सेवा सुरुवात गरेको हो ।
 
कार्यक्रममा मिलन मार्केटका निर्माणकर्ता बाबुराम रामुदामु , जय सन्तोषी माँ सुनचाँदी पसलका प्रबन्ध निर्देशक रुबीन रामुदामु, मञ्जु श्री असाहय संरक्षण केन्द«का अध्यक्ष मञ्जु खाँड, व्यवसायी दुर्गा घिमिरे,  शिक्षिका मीना झा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 
कार्यक्रम  भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियोको प्रबन्ध निर्देशक अन्जली क्षेत्रीको अध्यक्षतमा सम्पन्न भएको थियो।

भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियो उद्घाटन

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award