मध्य नेपाल

कर बृद्धिप्रति महासंघको आपत्ति कर बृद्धिप्रति महासंघको आपत्ति
कालिका, चैत २० । 
भरतपुर महानगरपलिकाकाले बढाएको करप्रति संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल चितवनले आपत्ति जनाएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरी महानगरपालिकाले ब्यवसायीहरुको ढाड सेक्ने गरी कर लगाएको घोर भत्सर्ना गरेको हो । 
 
महानगरपालिकाले हालै गरेको २ हजार प्रतिशत सम्मको कर बृद्धी गरी ब्यवसायीहरुको हित विपरीत कार्य गरेकोे भन्दै तत्काल खारेज गर्न माग गरेको महासंघका अध्यक्ष  रामकुमार राईले बताउनु भयो । उहाँले पछिल्लो समयमा ब्यवसायीहरुको अवस्था धरासायी बन्दै गईरहेको पनि जानकारी दिनु भयो । महानगरपालिकाले आफुहरुसंग कुनै छलफल बिना नै कर बढाएको महासंघका अध्यक्ष राईको भनाई छ । 
 
साथै सो बिषयमा सम्बन्धित सरोकारवालाले बेवास्ता गरेमा आम उद्योगी यवसायीहरु आफ्नो ब्यवसाय बन्द गरी संघर्ष गर्ने समेत पछि नपर्ने महासंघले जनाएको छ । ब्यवसायीहरुको हक र हितको लागी स्थापना भएको सो महासंघमा १ हजार भन्दा बढि सदस्यहरु रहेको छन् । 
   
महानगरपालिकाले चालू आर्थिक वर्षमा व्यवसाय करबाट रु १० करोड, आन्तरिक राजश्वबाट रु सात करोड र आन्तरिक आयबाट रु ५३ करोड गरी रु ७० करोड राजश्व उठाउने लक्ष्य अनुसार २ हजार प्रतिशत सम्मको कर बृद्धि गरेको छ । पछिल्लो समय सो बृद्धिकर प्रति ब्यवसायीहरुले बिरोध जनाएका छन् । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award