- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
संरक्षित क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा चुनौती
रत्ननगर, चितवन, ९ चैत,रासस
विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहरको व्यवस्थापनमा चुनौती देखिएको छ ।
विश्वकै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, विश्वकै अति संकटापन्न घडियाल गोहीलगायत चित्तल, गौरीगाई, भालु, हात्ती विभिन्न प्रजातिका चरा तथा महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको निकुञ्जमा बढ्दो फोहरले वन्यजन्तुमा समेत असर परिरहेको छ ।
यस्ता फोहर वन्यजन्तुले खाएमा तिनीहरुको स्वास्थ्यमा असर गर्ने र जाल अड्किँदा गोहीसमेत मरेको उदाहरण निकुञ्जमा छ । फोहर र प्रदूषणले वन्यजन्तुमा असर गरिरहेको निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख बेदबहादुर खड्का बताउनुहुन्छ । गत साउनमा आएको बाढीका कारण निकुञ्जको जंगल क्षेत्रमा फोहरको डंगुर नै छ । निकुञ्ज क्षेत्रमा जल्ने, नजल्ने फोहर, प्लाष्टिकका बोतल, रक्सीका बोतल, बोरा कपडाका फोहर प्रसस्तै छ ।
रक्सीका बोतल, चिसोका बोतल तथा औषधिका बोतल, चप्पल, विभिन्न भाँडाका टुक्रे फोहर, लत्ताकपडा, बल्व कार्टुन, टिन, हेल्मेट, ट्याङ्कीका फोहर निकुञ्जमा भेटिएका छन् । यस्ता फोहरले वन्यजन्तुलाई असर गरिरहेको छ । प्राकृतिक विपत्तीसँगै मानिसले समेत यहाँ फोहर गरिरहेका छन् । तर फोहर व्यवस्थापनमा भने खासै चासो दिइएको छैन । फोहर व्यवस्थापनमा निकुञ्जले छुट्टै कार्यक्रमसमेत गर्न सकेको छैन ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरका प्रमुख अभिनय पाठक निकुञ्जमा फोहर बस्दा घाँसे मैदानमा असर हुने र वन्यजन्तुको वासस्थान नै प्रभावित हुने बताउनुहुन्छ । बेलाबेलामा विभिन्न दिवसमा सौराहाका वातावरण संरक्षणको काममा क्रियाशील संघसंस्थाले यहाँ सरसफाइ कार्यक्रम गर्ने गरेका छन् । फोहर टिप्न विदेशी पर्यटकसमेत पुग्छन् । तर दिगो र दीर्घकालीन कार्यक्रम नहुँदा यहाँको फोहर व्यवस्थापन चुनौतीपूर्ण छ ।
संरक्षणकर्मी एवं सौराहाका पर्यटन व्यवसायी शिरलाल परियार फोहरले वन्यजन्तुमा असर गरिरहेको भए पनि यसको व्यवस्थापनमा निकुञ्जले चासो नदिएको बताउनुहुन्छ । केही महिनाअघि यहाँ चलाइएको अभियानमा ३० ट्र्याक्टरभन्दा बढी फोहर निकालिएको थियो । बिहीबार पनि ढुंग्रेखोलामा गरिएको सरसफाइ अभियानमा यसैगरी फोहर फेला परेको परियार बताउनुहुन्छ ।
चरा विज्ञ तथा पर्यटन व्यवसायी टीका गिरीले नदीमा मानव अतिक्रमण बढेकाले यहाँ रहेका खोलामा आश्रित गोही, चरा र वन्यजन्तुलाई समस्या परेको बताए । “खोला दूषित भयो भने पानीमा आश्रित सबै जीवजन्तु मासिने खतरा हुन्छ”, गिरीले भन्नुभयो, “जीवजन्तुलाई जोगाउन पनि खोलाको सरसफाइ आवश्यक छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





