मध्य नेपाल

६४ जनाद्वारा रक्तदान ६४ जनाद्वारा रक्तदान
कलिका, चैत७ । 
मिलीजुली बहुउद्देश्यीयवचततथा ऋण सहकारी संस्थाको २० औं बार्षिकोत्सवका अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा २३ जनामहिला सहित  ६४ जनाले रक्तदान गरेकाथिए । भरतपुर महानगरपालिका वडा नं ७ बुद्ध चोकमाभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री हरीप्रसादन्यौपाने प्रमुखअतिथि रहनु भएको थियो ।  
 
नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका कोषाध्यक्ष रामराज पौडेलले स्वगत मन्तव्य राख्नुभएको कार्यक्रममा रक्तसंचार सेवा केन्द्रका प्रमुख रमेश पौडेल, नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका अध्यक्ष गंगा प्रसाद चापागाई,  लगायतअन्य सहकारी संघ÷संस्थाकाप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । साथै संस्थाले वार्षिक उत्सवकाअवसरमाअन्यबिबिध सामाजिकक्रियाकलपाहरु समेत सम्पन्न गरेको छ । 
 
मिलीजुली बहुउद्देश्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भक्तरामदाहालको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा रविभ्रदशर्मा खनालले कार्यक्रमको संचालन गर्नु भएको थियो । कार्यक्रम मिलीजुली बहुउद्देशीय वचत तथा ऋण सहकारी संस्था र नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award