- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
अर्ना स्थानान्तरणको एक वर्ष ः तीन अर्नाको गर्भधारण
नारायण अधिकारी,चितवन, ६ चैत,रासस
चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ल्याइएका अर्ना यहाँको हावापानीमा घुलमिल भएर प्राकृतिक रुपमा रमाउन थालेका छन् ।
गत वर्षाद्मा बाढीका कारण रोगले ग्रसित बनेका अर्ना उपचारपछि स्वस्थ बन्दै गएर अहिले गर्भधारणसमेत गरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार कोशीटप्पु राष्ट्रिय निकुञ्जको छुट्टाछुट्टै बथानबाट ल्याइएका अर्ना अहिले एउटै समूहमा हिँड्डुल गर्न शुरु गरेका छन् ।
निकुञ्जको पदमपुर क्षेत्रमा बनाइएको खुला खोरमा समूहमा चर्ने, पानी खाने, आहाल बस्ने र रमाउने गरेका छन् । गत वर्ष माघको दोस्रो साता कोशीटप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन अर्ना ल्याइएकामा चिडियाखानाबाट ल्याएका तीन अर्ना तत्कालै मरेका थिए ।
बाढीका कारण कोशीटप्पुबाट ल्याइएकामध्ये तीन अर्ना मरेपछि अहिले नौ मात्रै बाँकी छन् । तीमध्ये दुई भाले र सात पोथी छन् । ल्याइएका सबै अर्ना प्रजननयोग्य थिए । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेले तीन अर्नाले गर्भधारण गरेको बताउनुभयो । उहाँका अनुसार घरायसी भैँसीमा गर्भधारणपछि देखिने लक्षण अर्नामा पनि देखिएका छन् । करीब दुई महिनाअघि गर्भधारण गरेको अनुमान गरिएको छ ।
वर्षाद्पछि गत भदौमा निकै बिरामी परेका अर्नालाई औषधि, कृत्रिम घाँस, ढुटो, चना, चोकरलगायत पोषिलो खाना खुवाइँदै आएको थियो । त्यतिबेला दिनहुँजसो ती खाना खुवाइए पनि अहिले साताको एक पटक मात्रै दिइएको छ ।
पूर्ववतावस्थामा अर्ना पुगेपछि बाह्य खाना घटाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा निकै वर्ष अगाडि अर्ना रहेको भनिए पनि पछिल्लो समय लोप भएपछि प्रजाति विविधीकरण गर्न यहाँ ल्याइएको हो । निकुञ्जमा, बाघ, एकसिंगे गँैडा, हात्ती, भालु, नीलगाई, चित्तल, चितुवालगायत जंगली जनावर, चराचुरुङ्गी छन् ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





