मध्य नेपाल

एक्सपर्ट कालिका हाजिरिजवाफमा ४ बिद्यालय फाईनल चरणमा प्रवेश एक्सपर्ट कालिका हाजिरिजवाफमा ४ बिद्यालय फाईनल चरणमा प्रवेश
कालिका, चैत्र, ४। 
एक्सपर्ट कालिका हाजिरीजवाफ प्रतियोगिताको चौथो संस्करण अन्तरगत आइतबार भएको सेमिफाइनल चरणबाट ए एफ यु रामपुर र नारायणी नमुना मा वि सहित ४ वटा विद्यालय फाइनल चरणमा प्रवेश गरेका छन् ।
 
आइतबार भएको सेमीफाइनल चरणबाट गुरुकुल र वाल्मीकि शिक्षा सदनलाई पराजित गर्दै नारायणी नमुना मावि तथा अर्को प्रतिस्पर्धामा सनराइज इङ्लिस स्कुल र एपेक्स कलेजलाई हराउँदै कृषि तथा वन विज्ञान विश्वविद्यालय ‐एएफयु) रामपुर फाइनल चरणमा प्रवेश गरेका हुन् । 
 
यस्तै प्रतियोगितामा पराजित भएका विद्यालय मध्ये सबै भन्दा धेरै नम्बर ल्याउन सफल विद्यालय गुरुकुल केलज र स्काइ राइडर इङ्िलस स्कुल फाइनल चरणमा प्रवेश गरेको हो । चितवन र नवलपरासीका ४ दर्जनभन्दा बढी विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनलको मिति केही दिनपछि सार्वजनिक गर्ने कालिका एफ एमले जनाएको छ । 

एक्सपर्ट कालिका हाजिरिजवाफमा ४ बिद्यालय फाईनल चरणमा प्रवेश

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award