मध्य नेपाल

२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा २० वर्ष पुराना तीन सवारी नियन्त्रणमा
चितवन, १ चैत,रासस
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । 
 
यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । आज बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । 
 
कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक÷एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको हो । 
 
जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा बुझाइने उहाँले जानकारी दिनुभयो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award