मध्य नेपाल

सवालाख शिवलीङ्ग महायज्ञ अनुष्ठान जारी सवालाख शिवलीङ्ग महायज्ञ अनुष्ठान जारी
कालिका, फाल्गुण, २८ । 
गत माघ महिनाको ३१ गते देखी शुरु भएको सवालाख शिवलीङ्ग महायज्ञ अनुष्ठानमा सोमबार महा रुध्री, सवालाख बेलपत्र र कसआसन गरीएको छ ।
 
शिवशक्ति हिन्दु धर्म संरक्षण संस्था चितवनको आयोजनामा भएको महायज्ञमा सोमबार पीतृ उद्धार तथा मुक्तिका लागी बिभिन्न जिल्लाका पण्डितहरु द्धारा महारुध्री, सवालाख बेलपत्र , कसआसन गरीएको हो । महायज्ञमा बिभिन्न शिवमहापुराण, कथा प्रचतन तथा भजन कीर्तन हुदै आईरहेको छ । 
 
सवालाख शिवलीङ्गको निर्माण गरी एउटै महालींगको स्थापना गरी पीतृहरुको उद्धार तथा देशको शान्तिको कामनाका लागी महयज्ञको आयोजना गरीएको संकल्पकर्ता ध्रुव कुमार श्रेष्ठले जानकारी दिनु भयो । साथै उहँले महायज्ञमा प्रेत आत्माको मुक्तिको कामना समेत गरीएको बताउनु भयो । 
 
मंगलवार सवालाख शिवलीङ्गको उद्धघाटन तथा कलस यात्रा गरिने आयोजकले जनाएको छ । सवालाख शिवलीङ्गको उद्धघाटन १००८ स्वामी जगन्नाथ आचार्य स्वामी बाट गरीने छ । सवालाख शिवलीङ्ग महायज्ञ अनुष्ठानको चैत्र ११ गते समापन गरीने छ । 

सवालाख शिवलीङ्ग महायज्ञ अनुष्ठान जारी

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Cine Sopan

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award