मध्य नेपाल

स्थानिय स्तरका २३ बटा स्वास्थ्य संस्था हस्तान्तरण स्थानिय स्तरका २३ बटा स्वास्थ्य संस्था हस्तान्तरण
कालिका, फाल्गुण, २७ । 
संघिय संरचना अनुसारका स्थानिय स्तरका २३ बटा स्वास्थ्य संस्था हस्तान्तरण गरीएको छ । 
भरतपुर महानगरपालिका भरीका जनस्वास्थ्य अन्तर्गत रहेका बिभिन्न २९ स्वास्थ्य संस्था मध्ये ६ वटा आयुर्वेद औषधालय बाहेक २३ बटा स्वास्थ्य संस्था हस्तान्तरण गरीएको हो ।
 
जिल्ला जनस्वाथ्य कार्यलय चितवनका प्रमुख विजय कुमार झाले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल तथा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी लाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको थियो । 
 
भरतपुर महानगरपालिकामा जनस्वाथ्य अन्तर्गत स्वाथ्य चौकी हेल्थपोष्ट १३, नगर स्वास्थ्य केन्द्र ८, आयुर्वेद औषधालय ६, प्रार्थमीक स्वाथ्य केन्द्र १,  र सामुदायीक ईकाई १ गरी २९ बटा स्वास्थ्य संस्था रहेका छन् ।
 
जिल्लामा स्थानिय स्तरका ६८ बटा स्वास्थ्य संस्थाहरु रहेको भरतपुर महानगरपालिकाले जनाएको छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award