मध्य नेपाल

निशुल्क पाठेघरको मुख परिक्षण निशुल्क पाठेघरको मुख परिक्षण
कालिका, फाल्गुण, २४ ।
१०८औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजीत निशुल्क पाठेघरको मुख परिक्षण – भीआईए टेस्ट)मा ८० जना लाभान्दीत भएका छन् ।
 
एभरेष्ट वचत तथा ऋण सहकारी संस्था र नारायणी समाजिक बिकासको संयुक्त आयोजनामा तथा नेशनल सिटि हस्पिटल प्रालीको प्रायोजनमा भएको निशुल्क परिक्षणमा ८० जनाले परिक्षण गराएका हुन् । स्त्रीरोग बिशेषज्ञ डा बिनुमा श्रेष्ठ र निर्मला लक्ष्मी श्रेष्ठले सो स्वास्थ्य परिक्षण गर्नु भएको थियो । 
 
स्वास्थ्य शिबिरको औपचारिका खण्डमा डा द्धव श्रेष्ठद्धारा  पाठेघर सम्बन्धि चेताना गराईएको थियो । उहाँहरुले महिलामा हुने क्यान्सरहरु पाठेघर र ब्रेस्ट क्यान्सरको बारेमा जानकारी गराउदै यस रोगलाग्ने लक्षणहरुको बारेमा बताउनु भएको थियो । क्यान्सर लागेको सुरुवातमा थापा पाए यस रोगबाट बँच्न सकिने स्त्रीरोग बिशेषज्ञ डा बिनुमा श्रेष्ठ बताउनु बताउन’ भएके थियो । 
चितवन बचत तथा ऋण सहकारी संघ लिका सचिव बिद्या कोईरालको प्रमुख आतिथ्यतामा भएको औपचारीक कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ डां बिनुमा श्रेष्ठ र निर्मला लक्ष्मी श्रेष्ठले लाई सम्मान गरीएको थियो । 
 
कर्यक्रम एभरेष्ट वचत तथा ऋण सहकारी संस्थाका शिक्षा समिति सदस्य अग्मु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।   

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award