मध्य नेपाल

कालिका नारी शक्ति सम्मान २ साहासी महिलालाई कालिका नारी शक्ति सम्मान २ साहासी महिलालाई
राजु थापा, फागुन २४, कालिका । 
१ सय ८ औ नारी दिवसको अवसरमा कालिका मिडियाले चितवनका २ साहासी नारीहरुलाई सम्मान गरेको छ ।
 
आफ्नो क्षेत्रमा अब्वल बन्न सफल उदाहरणीय नारीहरुलाई सम्मान गर्दै आएको कालिकाले यस वर्ष एचआईभि तथा लागु औषध विरुद्धकी अभियान्ता, चितवन सक्रिय महिला प्रतिष्ठानकी संस्थापक अध्यक्ष दिक्षा रिमाल र आधुनिक विज्ञानमा समेत उपचार सम्भव छैन् भनिएको जटिल अवस्थाको पेटको क्यान्सरबाट ग्रस्त हुदाँ समेत अदम्य साहासपुर्वक संर्धषरत नारी डा. विष्णुमाया खरेललाई  कालिका नारी शक्ति सम्मानबाट सम्मानित गरिएको छ ।
 
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वति शाह र कालिका मिडिया गु्रपका अध्यक्ष तथा पुर्व मन्त्री विक्रम पाण्डेले उहाँहरुलाई सम्मान गर्नुभएको हो । यस अघि ७  जना महिलालाई सम्मान गरिए सकेको कालिका नारी शक्ति सम्मानबाट यस वर्ष २ जना नारीहरुलाई सम्मान गरिएको   हो । 
 
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा कालिका गु्रपका अध्यक्ष पाण्डेले सक्षम र साहासी महिलाहरुले देखाएको बाटो अन्य ब्यक्तिहरुले पनि पछउनु पर्ने धारण राख्नु भयो । उहाँले कालिका मिडिया आम सर्वसाधारणको चौतारी बन्न सकेको र त्यसमा साथ दिने सवैलाई धन्यवाद दिनु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि शाहले कालिका मिडियाले १ दिन मात्र नभई वर्ष भरि नै महिलाहरुको लागि विभिन्न कार्यहरु गर्ने गरेको मा धन्यवाद दिनु भयो ।
 
उहाँले  नेपालको संविधानमा महिलाको धेरै अधिकार प्राप्त भए पनि त्यसलाई कार्यान्वयनमा लैजान अझै बाकी रहेको बताउनु भयो । सम्मान कार्यक्रममा सम्मानित नारी रिमालले १४ वर्ष पछि नेपालमा पनि आफु सम्मानित हुन पाएकोमा खुशी ब्यक्त गर्नु भएको थियो । यस्तै अर्काे सम्मानित ब्यीक्तत्व विष्णुमाया खरेलले सानो कुरामा पनि रमाउने र सधै खुशी भई सकारात्मक सोच राख्न सके जस्तो सुकै रोगका विरुद्ध पनि लड्न सकिने बताउनु भयो ।
 
कालिका एफ एममा स्टेशन म्यानेजर ओमप्रकाश आचार्यले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा उवासंध चितवनको कार्यसमिति सदस्य रजनी मास्के , साहित्यकार कृष्ण कुमारी शर्मा श्रेष्ठ, महिला अधिकारकर्मी संगिता भटट्राई, महिला अधिकार कर्मी मिना खरेल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सम्मानित ब्यीक्तत्व रिमालको बारेमा सुजाता बर्तौला र खरेलको बारेमा डा. प्रमोद लामिछानेले प्रकाश पार्नु भएको थियो ।
 
सम्मानका साथै अन्र्तक्रिया  समेत रहेको कार्यक्रममा विभिन्न महिला सम्वन्धी संध संस्थाका प्रमुख तथा प्रतिनिधिले आफनो विचार राख्नु भएको थियो । कालिका एफ एमकी कार्यक्रम प्रस्तोता करिश्मा थापाले सहजीकरण गर्नु भएको कार्यक्रमलाई कालिका एफ एम र टिभि कालिकाले प्रत्यक्ष प्रशारण गरेको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award