मध्य नेपाल

मध्य नेपाल यातायात ब्यवसायी संधमा पुनः बोहोरा
राजु थापा, फागुन २२, कालिका 
विमामा एकद्धार प्रणली लागु गर्ने, दुर्धटना न्युनिकरणको उपायँहरु अपनाउन यातायात मजदुरहरुलाई  बारम्वार प्रशिक्षण दिने र स्मार्ट सिटी बन्ने लागेको महानगरलाई सहयोग गर्ने लगायतका भावि योजनाहरु पारित गर्दै मध्य नेपाल यातायात ब्यवसायी संधको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार भरतपुरमा भएको सभाले आगामी दिनमा  कार्यसमितिको कार्यकाल ३ वर्ष बनाउने र कार्यसमिति ११ सदस्यिय बनाउने पनि निर्णय गरेको छ । 
चितवनमा २०७२ सालमा दर्ता भई संचालनमा आएको मलमलमा  अहिले सम्म ७० म्याजिक र ७ सय ३४ अटो रिक्सा सहित  ८ सय ४ वटा सवारी संचालन गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले सभाको उद्धधाटन गर्नु भएको हो । प्रमुख अतिथि दहालले सभालाई सम्बोधन गर्दै यातायातका साधन समस्याको रूपमा नभई नागरिकहरूको सहयोगी बन्नुपर्ने बताउनु भयो  ।  उहाँले यातायत ब्यवसायीहरू इमान्दार र ब्यावसायिक हुनुपर्ने बताउनु भयो  । सडकमा जथाभावी पार्किङ गर्ने, आफूखुसी भाडा असुलेर यात्रुलाई दुःख दिनेहरूलाई कारबाहीको दायरामा ल्याइने बताउनु भयो  । 
महानगरपालिकाभित्र पार्किङ ब्यवस्थापन जटिल बन्दै गएको बताउँदै महानगर प्रमुख दाहालले पार्किङ व्यवस्थापनमा यातायात ब्यवसायीहरूले सहयोग पुराउन आग्रह गर्नु भयो  । मध्य नेपाल यातायात ब्यवसायी संघ (मलमल) का अध्यक्ष चिनीबहादुर बोहराको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घघाटन समारोहमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापा, चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष गोपाल भट्टराई, यातायात ब्यवसायी मित्र केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो  ।
 
यस्तै मंगलबार नै भएको मलमलको प्रथम अधिवेशनबाट पुनः चिनी बहादुर बोहोराको नेतृत्व १ सदस्य पछि मनोनित हुने गरि ११ सदस्यिय नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा राम बहादुर श्रेष्ठ, सचिवमा पुष्पकमल सुवेदी, सहसचिवमा टंक बहादुर सुवेदी, कोषाध्यक्षमा लाल कुमार श्रेष्ठ, चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा नारायण सुवेदी, भिष्म लम्साल, हरि रानाभाट, लक्ष्मण भण्डारी र विष्णुभक्त मानन्घर रहनु भएको छ ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award